आइतबार, माघ १८, २०८२

वीरेन्द्रनगरमा ३० वर्षीय युवकको शव फेला

मेरोन्यूज २०७९ फागुन ३० गते २०:४१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो। हत्या गरिएको अवस्थामा फेला परेका अन्दाजी ३० वर्षीय युवाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया