न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको छ। पाँच खेलको टी-२० सिरिजमा भारतले उपाधि उचालेको हो।
सिरिजको अन्तिम अर्थात् पाँचौ खेलमा शनिबार भारत न्युजिल्यान्डमाथि ४६ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो।भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदा २२५ रन मात्र बनेको थियो।
भारतका लागि शानदार ब्याटिङ गर्दै ईशान किशनले ४३ बलमा १०३ रन बनाए। उनले ४२ बलमा कीर्तिमानी शतकसमेत न्युजिल्यान्डविरुद्ध बनाए। अन्तिम खेलमा भारतका कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाए।न्युजिल्यान्डका लागि फिन एलनले ३८ बलमा ८० रन बनाउँदा ईश सोढीले १५ बलमा ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका लागि आर्शदीप सिंहले पाँच विकेट लिँदा अक्षर पट्टेलले तीन विकेट हात पारे।
सिरिज अफ द प्लेयर भारतका सूर्यकुमार यादव बन्दा अन्तिम खेलको प्लेयर अफ द म्याचको उपाधि ईशान किशानले पाए।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया