न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको छ। पाँच खेलको टी-२० सिरिजमा भारतले उपाधि उचालेको हो।
सिरिजको अन्तिम अर्थात् पाँचौ खेलमा शनिबार भारत न्युजिल्यान्डमाथि ४६ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो।भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदा २२५ रन मात्र बनेको थियो।
भारतका लागि शानदार ब्याटिङ गर्दै ईशान किशनले ४३ बलमा १०३ रन बनाए। उनले ४२ बलमा कीर्तिमानी शतकसमेत न्युजिल्यान्डविरुद्ध बनाए। अन्तिम खेलमा भारतका कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाए।न्युजिल्यान्डका लागि फिन एलनले ३८ बलमा ८० रन बनाउँदा ईश सोढीले १५ बलमा ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका लागि आर्शदीप सिंहले पाँच विकेट लिँदा अक्षर पट्टेलले तीन विकेट हात पारे।
सिरिज अफ द प्लेयर भारतका सूर्यकुमार यादव बन्दा अन्तिम खेलको प्लेयर अफ द म्याचको उपाधि ईशान किशानले पाए।















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया