डोटीको बोगटान फुड्सिल साक्षर पालिका घोषित

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। पालिकाका भित्र रहेका सात वडालाई साक्षर घोषणा गरिएसँगै मंगलबार कार्यक्रम गरेर पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो।
‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले साक्षर पालिका घोषणा गरेका हुन्।
समन्वय प्रमुख सिंहले यसलाई दिगो व्यवस्थापनतर्फ पालिकाले विशेष ध्यान दिनु पर्ने बताए।
बोगटान फुड्सिल गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए ।
गाउँपालिका अन्तर्गत वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदार अखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत साक्षर दर रहेको छ।
त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको पालिकाले जनाएको छ।










एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया