दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमै ११ रुपैयाँले वृद्धि गरेको छ । बिहिबार देखि लागु हुने गरी सस्थानले दुधको मूल्य बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानले जनाएको छ ।
मूल्य बढेसँगै अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम भएको छ । यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय भएको छ ।
‘संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको जनाइएको छ ।
गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए ।
निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया