विभागीय डर्बीमा आर्मी स्तब्ध

काठमाडौं । मणि लामाको निर्णायक गोलको सहयोगमा बुधवार विभागीय टोली एपिएफले अर्को बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा बलियो आर्मीबिरुद्ध एपिएफले सुखद् नतिजा निकाल्दा १–० को रोमाञ्चक जित निकालेको हो । एपिएफलाई स्पष्ट अंक दिलाउने क्रममा मणि लामाले ३७ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।
पेनाल्टी बक्सभित्र विपिन श्रेष्ठले उपलब्ध गराएको बललाई मणिले जाली चुमाउन सफल भएका थिए । यस जितसँगै एपिएफले चार खेलबाट ७ अंक बनाएको छ । पहिलो पराजय व्यहोरेको आर्मीको समान ४ खेलबाट ५ अंक भएको छ ।
यसअघि आर्मीले तीन खेलबाट एक जित र दुई बराबरी खेलेको थियो । पहिलो खेलमा संकटासँग बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको थियो ।
यता एपिएफले भने तीन खेलमा समान जित, बराबरी र हारको नतिजा निकालेको थियो । थ्री स्टार क्लवमाथि जितसहित लिगमा सुखद् शुरुवात गरेको एपिएफले दोस्रो खेलमा सातदोबाटोसँग पराजय भोगेको थियो । तेस्रो खेलमा एपीएफले जावलाखेल युथ क्लवसँग बराबरी खेलेको थियो ।
यसअघि पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर बनाएका थिए । दुवैले अवसर खेर फाल्न पुगेका थिए । शुरवातबाट आक्रामक खेल देखाएको आर्मीको अग्रतपंक्ति बारम्बार चुक्दा एपिएफविरुद्ध अग्रता लिने धेरै अवसर खेर गएका थिए ।
तर काउन्टर खेलेको एपिएफले १२ औं मिनेटको प्रयास असफल भएको थियो । कप्तान नवीन लामाको फ्रिकिक क्रसमा सनिश श्रेष्ठलेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८ औं मिनेटमा दिनेश हेन्जनको प्रहार एपिएफका गोलकिपर अन्जल श्रेष्ठले बचाउँदा आर्मीको पहिलो अवसर खेर गएको थियो ।
६४ औं मिनेटमा मणीको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने मौका गुमायो । पहिलो हाफमा नतिजा सुम्पिएको आर्मी दोस्रो हाफमा बढी आक्रामक देखिएको । खेलअवधि अवसर पाएपनि सदुपयोग गर्न असफल नै देखियो । कप्तान भरत खवासले पेनाल्टी क्षेत्रमा पु¥याएको बललाई सही दिशा दिन नसक्दा बराबरी अवसर खेर गएको थियो । बाँकी समयमा दुवै टोलीले गोलका लागि अवसर खोजे पनि जाली चुमाउन असफल भए ।
लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा च्यासल मैदानमा खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुने छ भने एन्फा मुख्यालयको मैदानमा हिमालयन शेर्पा र संकटा क्लवबीच खेल हुनेछ । दुबै खेल साढे २ बजे हुनेछन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया