चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा

काठमाडौं । नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ । महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ ।
त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उहाँको प्यानलबाट उम्मेदवार छन् । सदस्य पदमा उप्रेतीको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले कार्यान्वयन व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, संघमा सदस्यहरुको अभिलेख तथा वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना रहेको बताइन् ।
उनले त्यस्तै उनको योजनामा कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी योजना, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेको बताइन् । उनले आफू निर्वाचित भएपछि संघका कलाकार सदस्यहरुको निर्देशनमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कलाकार संघमा सुझाव पेटिका राखि कलाकारहरुको सुझाव लिने काम गर्ने बताइन् ।
त्यस्तै अभिनेत्री उप्रेतीलाई समर्थन गर्न पुगेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कलाकारहरु अनुशासित नभएको आरोप लगाए ।
उनले कलाकारहरु कुरा नसुन्ने, नटेर्ने गरेको भन्दै उहाँले कलाकारहरुको गोष्ठीमा आउँदा कलाकारहरु नै गफ गर्ने गरेको र कुनै राजनीतिक दलको कार्यक्रममा गएको जस्तो व्यवहार देखाएको भन्दै असन्तोष व्यक्त गरे ।
उनले चलचित्र क्षेत्रको विकास गर्न रेजिना उप्रेतीलाई जिताउन पनि आग्रह गरे । उनले कलाकार संघमा आफूले आफूलाई नै कलाकार क्षेत्रमा उत्कृष्ट योगदान दिएको भनेर ठूलो ताम्रपत्र बनाएर राष्ट्रप्रमुखबाट सम्मान ग्रहण पनि गरेको आरोप लगाए ।
त्यस्तै कलाकार राजेन्द्र खड्गीले यस पटक रेजिना उप्रेतीलाई कलाकार संघको अध्यक्षका लागि छोडिदिन आग्रह गरे । उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्ने बताए ।
त्यस्तै कलाकार सोवित बस्नेतले कलाकार संघमा अहिलेसम्म चर्चा नपाएका व्यक्तिहरु आएको र आफ्नो चर्चा बढाउनका लागि प्राथमिकता दिएको आरोप लगाए ।
उनले रेजिना उप्रेती चर्चा कमाइसकेको व्यक्तित्व भएकाले उनको प्राथमिकतामा कलाकारको हक हीतका विषयहरुले प्राथमिकता पाउने बताए । उनले नेतृत्वमा गएका सबैजना आफूलाई चिनाउन नै ब्यस्त भएको बताए ।
उनले अध्यक्ष पदमा उप्रेतीलाई सहयोग गर्न सबै कलाकारहरुसँग आग्रह गरे ।
त्यस्तै कलाकार पल्पसा डंगोलले युवा कलाकारहरुले अब कलाकार संघको नेतृत्व गर्नुपर्छ भनेर उप्रेतीलाई समर्थन गर्न आएको बताइन् ।
त्यस्तै अभिनेता रमेश उप्रेतीले चुनाव सकिएपछि नेतृत्वमा पुगेकाहरुले कलाकारहरुको लागि कुनै काम नगरेको आरोप लगाए । उनले कलाकारहरु नेतृत्वमा पुगेपछि गर्छु भनेका कामहरु पनि अहिलेसम्म हुन नसकेकोप्रति दुःख लागेको बताए ।
उनले नेतृत्वमा पुगेपछि कलाकारको एजेण्डा नै बिर्सिने गरेको बताए । उनले अब निर्वाचित हुने नेतृत्वले कलाकारका हक हीत नीति निर्माणमा हुने विश्वास रहेको बताए ।
नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभा तथा महाधिवेशन चैत्र ४ गते हुँदैछ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया