प्रचण्डलाई तीन तिरको निम्तो, पहिलो भ्रमण भारतबाटै गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले दुई छिमेकी मुलुक चीन-भारतसहित अमेरिकाको समेत निम्तो छ । प्रधानमन्त्री प्रचण्डलाई पहिलो भ्रमण आफनो देशबाट गराउन तीनै देश लागिपरेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने भारतबाटै आफनो पहिलो विदेश भ्रमण गर्ने तयारी गरेका छन् ।
त्यसका लागि उनले चैत अन्तिम साता भारत भ्रमण गर्ने गरी गृहकार्य अगाडी बढेको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई चैत १५ र १६ (मार्च २९ र ३०)का दिन अमेरिकाले आयोजना गर्न लागेको डेमोक्रेसी समिट का लागि राष्ट्रपति जो वाइडेनको निम्तो छ । त्यस्तै चीनको हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने ‘बोआओ फोरम फर एसिया’ का लािग पनि निम्तो छ ।
चिनियाँ राजदूत छन सोङले फागुन १० मै प्रधानमन्त्री प्रचण्डलाई भेटेर यो कार्यक्रमको निम्तो गरिसकेका छन् ।
भरतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका क्रममा पनि प्रचण्डलाई भारत भ्रमणको मौखिक निम्तो आएको छ । यधपी लिखित निम्तो भारतको प्रधानमन्त्रीलाई आईसकेको छैन ।
तर प्रधानमन्त्री प्रचण्ड यी तीन देशबाट आएको निम्तो मध्ये पहिलो भारतको निम्तो स्वीकार गर्ने र त्यसपछि चीन जाने तयारीमा देखिन्छन् । त्यसका लागि भारतको औपचारिक भ्रमणको भित्री तयारी शुरु भएको छ । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड संसदमा विवश्वासको मत लिने, त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने र भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
भारतीय प्रधानमन्त्रीले अप्रिल १३ देखि १६ (चैत ३० देखि वैशाख ३ सम्म) सम्म केही औपचारिक कार्यक्रम बनाएर प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमण गराउने गरी भित्री तयारी छ ।
भारतका लागि नेपाली राजदूत शंकर शर्मा प्रधानमन्त्रीको आगामी भ्रमणका विषयवस्तुबारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र सचिव भरतराज पौड्यालसँग विस्तृत छलफल गरेर बुधबार नयाँदिल्ली फर्किएका छन् । त्यसो हुँदा प्रचण्डको अमेरिका र चीनको निम्तो अहिले त्यक्तिकै थन्किेनेछ ।
अमेरिकाको समिटमा भने प्रचण्डले नेपालबाटै भर्चुअल सहभागिता जनाउने विषयमा पनि भित्री छलफल शुर भईसकेको बालुवाटार स्रोतले बताएको छ । चीनको ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भने चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई नै सहभागिता गराउने या नेपालबाट कोही मन्त्री पठाउने भन्ने वारेमा प्रधानमन्त्रीले निर्णय लिईसकेका छैनन ।
इसबारेमा उनले केही दिनमै निर्णय लिने तयारी गरेका छन् । सम्भवत चीनमै रहेका नेपाली राजदूत श्रेष्ठलाई नै उक्त सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गराउने गरी पनि निर्णय प्रधानमन्त्रीले लिन सक्ने सम्भावन अधिक रहेको बालुवाटार स्रोत बताउँछ ।
प्रचण्ड बोआओ फोरममा सहभागी नभए उनका लागि चीनले ‘थर्ड विआर सम्मेलन २०२३’ आयोजना गर्ने र उक्त कार्यक्रममा सहभागिता जनाउने गरी प्रचण्डको भ्रम्ण गराउने चीनको अर्काे तयारी पनि छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया