शुक्रबार, चैत १३, २०८२

सनराइज बैंकको संस्थापक शेयर लिलामीमा

मेरोन्यूज २०७९ चैत ३ गते १३:५१

काठमाडौं । सनराइज बैंक लिमिटेडको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ र दवी श्रेष्ठको नाममा रहेको शेयरको मूल्य १२८ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय गह्रिधारा, काठमाडौंमा पेश गुर्नुपर्ने छ ।

प्रतिक्रिया