बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति

बाग्लुङ । नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङ्गको ढोरपाटन नगरपालिकामा शिबिर सञ्चालन गरिएको थियो ।
मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन् ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी बार्षिक करिब ३ हजार निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया