बेलायतमा सरकारी फोनमा टिकटक चलाउन नपाइने
मेरोन्यूज
२०७९ चैत ४ गते १२:१५

बेलायत सरकारले सामाजिक सञ्जाल एप टिकटकमाथी प्रतिबन्ध लगाएको छ । मार्च २मा बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ– कुनै पनि मन्त्री वा अधिकारीले सरकारी फोनमा टिकटक प्रयोग गर्न पाउने छैनन् । यो देशको सुरक्षाका लागि ठूलो खतरा हो ।
यो प्रतिबन्ध सरकारी मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने फोन र अन्य उपकरणहरूमा तत्काल लागू हुने क्याबिनेट अफिसका मन्त्री ओलिभर डाउडेनले संसदलाई भनेका छन् । उनले प्रतिबन्धलाई सावधानीपूर्ण कदमको रूपमा वर्णन गरेका छन् । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू नहुने उनले बताए ।
बेलायतती सरकारले बिहीबार अचानक टिकटक प्रतिबन्ध लगाएपछि सबै छक्क परेका छन् ।
अमेरिकी सरकारले गत महिना संघीय एजेन्सीका कर्मचारीहरूले प्रयोग गर्ने सबै सरकारी मोबाइल उपकरणहरूबाट टिकटक हटाउनु पर्ने आदेश दिएको थियो।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया