बिहीबार, चैत १२, २०८२

सुनको भाउले कायम गर्‍यो नयाँ रेकर्ड

मेरोन्यूज २०७९ चैत ५ गते ११:४९

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा २ हजार ५०० रुपैयाँ बढी हो।
 
यसअघि गत १९ माघमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

आइतबार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो। शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया