आरजु राणा देउवा प्रचण्ड सरकारमा परराष्ट्रमन्त्री !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।
देउवा निकट स्रोतका अनुसार आरजुलाई सरकारमा ल्याउन र परराष्ट्र मन्त्रालय दिन प्रधानमन्त्री दाहालले पनि सहमति जनाइसकेका छन् ।
१४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित र समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी आरजुले पति तथा कांग्रेस सभापति देउवालाई मन्त्री बनाउन दबाब दिइरहेकी छन् ।
‘अहिलेसम्म तीन पटक प्रतिनिधि सभा सदस्य भइसके । पार्टीको निर्वाचित केन्द्रीय सदस्य हो,’ आरजुले देउवालाई कांग्रेस नेताहरूकै सामुन्ने दिएको दबाब उध्रीत गर्दै एक नेताले भने, ‘प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी भएकाले प्रधानमन्त्री प्रचण्ड जी तपाईले मन्त्रीमा सिफारिस गर्दा केही बोल्दैनन् । अहिले पनि मन्त्री नबनाए कहिले बनाउनुहुन्छ ?’
उनको दबाब धेरै नै भएपछि देउवाले पनि अहिले त मन्त्री नबनाइ नहुने भएको भनेर कांग्रेसका नेताहरूलाई भन्न थालिसकेका छन् । समावेशी समानुपातिक मिलाएर मन्त्री बनाउने निर्णय पार्टी कार्यसम्पादन समिति बैठकबाट गराएका देउवालाई श्रीमतिलाई मन्त्री बनाएपछि त्यो निर्णय अनुरुप कसरी अगाडि बढ्ने भन्नेमा अफ्टेरो भएको छ ।
आरजु मन्त्री बन्ने भनिएपछि सुदूरपश्चिमबाट मन्त्री बन्ने लाइनमा रहेका वीरबहादुर बलाएर, रमेश लेखक र एनपी साउद मन्त्री बन्न गाह्रो हुने भयो भनेर आफू निकटकाहरूलाई बताउन थालेका छन् । ‘अरु त को मन्त्री बन्छ भन्न सक्ने अवस्था छैन । तर, आरजु भाउजु मन्त्री बन्ने निश्चित छ,’ उनीहरूले निकटस्थहरूलाई भन्ने गरेका छन् ।
कांग्रेसलाई ८ मन्त्रालय दिने प्रधानमन्त्री दाहालले प्रारम्भिक खाका बनाएका छन् । ‘पार्टीले पाउने मन्त्रालयमा त्यसमा एउटा नाम निश्चित छ, अरु खोज्ने त होला ?,’ कांग्रेस नेताहरूले मन्त्री को को बन्छनन् भनेर सोध्ने नेता कार्यकर्तालाई भन्ने गरेका छन् ।
सभापति देउवाले पत्नीलाई समानुपातिक कोटाबाट सांसद बनायो भनेर आलोचना भइरहेका बेला फेरी महत्वपूर्ण मन्त्रालयको बागडोर जिम्मा लगाउन थालेका हुन् ।
पार्टीबाट नेतृत्व गरेर कुन नेता जाने भन्ने अझै निश्चित छैन । उपसभापति खड्काले नेतृत्व गर्ने सम्भावना प्रवल रहेको नेताहरू बताउँछन् । यसपटक सहमहामन्त्रीद्वय किशोरसिंह राठोर र जीवन परियार, केन्द्रीय सदस्य सिता गुरुङ तथा तेजुलाल चौधरीलाई मन्त्री बननाउने तयारी देउवाले गरेका स्रोतहरू बताउँछन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया