बिहीबार, चैत १२, २०८२

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँः पाण्डे

मेरोन्यूज २०७९ चैत ९ गते १३:०६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताए ।

विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरुले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । नेपालीहरुले आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी पाण्डेको थियो ।

उनले भने, ‘सामुदायिक रेडियोहरुलाई बचाइराख्नुपर्छ । यसमा साथ सहयोग दिन म तयार छु । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईहरुलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु । आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया