सेयर बजार दोहोरो अंकले गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले घटेर ३६१.०१ विन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार घटेको थियो ।
बिहीबार नेप्सेमा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
कारोबारको आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । यसको २१ करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंकको आठ करोड ३५ लाखभन्दा रुपैयाँको कारोबार भएको छ ।
बिहीबार सबै उपसूचकमा ओरालो लागेको छ । आजको मायाखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशत र एसियन हाइड्रोपावरको ९.९७ प्रतिशतको सेयर कारोबार भएको छ । यी कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।
















काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया