अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
काठमाडौँ । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
गठबन्धन सेनाको शिविरमा भएको ड्रोन आक्रमणमा परी एक जना अमेरिकी ठेकेदार मारिएका थिए भने अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएका थिए । उक्त आक्रमणमा अर्का एक जना अमेरिकी ठेकेदार पनि घाइते भएका थिए ।
युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले पूर्वी सिरियाको देइर एजोर शहरका रहेको हतियार भण्डार केन्द्रलाई लक्ष्य गरेर भएको हवाई हमलामा इरान समर्थक छ जना लडाकु तथा मायादिनको मरुभूमि र अल–बुकमाल नजिक भएको अर्को हमलामा दुई जना मारिएका बताएका छन् ।
यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताए ।
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया