कोभिडबाट ८० लाख बालबालिका अनाथ बने

काठमाडौँ । कोभिड १९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० को मार्चमा कोभिड १९ लाई महामारी घोषणा गरेयता विश्वव्यापी रूपमा उक्त संख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ ।
कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुर्व्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवम् मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा चुनौती थपेको बताएको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी छ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हरेचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ ।
कोषबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा, आवासको प्रबन्ध गरिने छ ।
















सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया