एसीसी प्रिमियर कप खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो।
क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।
वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितमा कुल १० राष्ट्र सहभागी छन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइनेछ। नेपाल समूह ए’ मा छ।
नेपालको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमन रहेका छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई छन्।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ।
प्रतियोगिताको विजेता राष्ट्र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सिधा छनोट हुनेछ भने शीर्ष तीनमा रहने राष्ट्र एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया