शुक्रबार, चैत १३, २०८२

खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेजः २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा उपलब्ध

मेरोन्यूज २०७९ चैत १७ गते १६:३५

खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । रु. ३५० को बार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले रू।२।३ लाख सम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै रू. १.५ लाख को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।

Advertisement
nepal life insurencenepal life insurence

खल्तीले हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्य गरि इन्स्योरेन्स बिमामा अस्पताल भर्ना तथा दुर्घटना बीमामा रू.२,३०,००० दाबी गर्ने सुविधा समावेश गरेको छ। यसका साथै खल्ती सुरक्षाको सदस्यता लिएका प्रयोगकर्ताले जो कोहीले पनि मृत्यु र अशक्तता, दुर्घटना र अन्त्येष्टि खर्च जस्ता उल्लिखित परिस्थितिहरूमा आफ्नो चिकित्सा बीमा दाबी गर्न सक्छन्। यस लगायत खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला सम्बन्धित स्वास्थ्य सेवाहरू पनि समावेश गरेको छ।

साथै खल्तीले यो सदस्यता अन्तर्गत आँखा, कपाल, छाला र अन्य यस्ता सेवाहरूमा स्वास्थ्य सेवा सुविधा पनि समावेश गरेको छ। यी फाइदाहरू दाबी गर्न प्रयोगकर्ताहरूले आफ्नो खल्तीमा छुट र क्यासब्याकका प्रोमोकोडहरू पाउनेछन् जुन बिल भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ।

यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, “हाम्रो ६ वर्षको अवधिमा विभिन्न आम्दानीका स्रोत भएका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरूले हाम्रो सेवाबाट लाभान्वित भएका छन्। प्रयोगकर्ताहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै हामीले मात्र रु ३५० मा स्वास्थ्य तथा हेरचाह सुविधा उपलब्ध गराएका छौं र प्रयोगकर्ताहरू आफ्नो मेडिकल कभरेज सम्बन्धमा निर्धक्क रहने भन्ने कुरामा हामी बिस्वस्त छौं।”

साथै, यो सहकार्य बारे हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने,“हामी खल्तीसँग सहकार्य गर्दै उहाँहरूको नयाँ सुबिधा ‘खल्ती सुरक्षा’ मार्फत दुर्घटना र अस्पताल भर्ना बीमा उपलब्ध गराउन पाउँदा धेरै खुसी छौं। ‘खल्ती सुरक्षा’ प्याकेज मार्फत हामी आउँदा दिनहरूमा पनि थप प्रयोगकर्ताहरूलाई लाभान्वित गर्ने कुरामा तत्पर छौं ।”

प्रतिक्रिया