सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु

खार्तूम । सुडानको उत्तरी राज्यमा बिहीबार सुनखानीमा पहिरो जाँदा ९भत्किँदा० कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुडानको सरकारी समाचार संस्था सुनाले भनेको छ, ‘वादी हल्फा क्षेत्रमा रहेको जबल अल–अहमर खानीमा पहिरो जाँदा दर्जनौं श्रमिक फसेका छन् ।’
रिपोर्ट अनुसार खानीमा पहिरोमा पुरिएको सबै श्रमिकको मृत शरिर जमिनको बाहिरी सतहमा ल्याइएको छ । मृतकमध्ये अधिकांश किशोर रहेका छन् भने उद्धारकर्मीले तीन जनालाई घाइते अवस्थामा जीवितै उद्धार गरेका छन् ।
बेपत्ताको खोजी कार्य जारी रहे पनि स्थानीय सुरक्षा स्रोतले उद्धार कार्यमा कठिनाइ भएकाले मृतकको संख्या बढ्न सक्ने संकेत गरेको छ । सुडानमा खानीको कमजोर सुरक्षा अवस्था र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनको कारण खानी दुर्घटनाहरू हुने गरेका र यसलाई सामान्यरूपमा लिने गरिएको छ ।
सुडानको खनिज मन्त्रालयका अनुसार २० लाखभन्दा बढी सुडानीहरू खानी क्षेत्रमा काम गरिरहेका छन् । ती खानीले देशको लगभग ८० प्रतिशत सुन उत्पादन गर्दछन् ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया