शुक्रबार, चैत १३, २०८२

डिजिटल बैैैंकिङ्ग सिटिजन्स बैंंकको उच्च प्राथमिकतामा

मेरोन्यूज २०७९ चैत १९ गते १३:०७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने उदेश्यले करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको KIOSK सेवा अव काठमाडौं उपत्यका लगायत बाहिर प्रदेशमा पनि विस्तार गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चैत १८ गते शनिबार एक समारोहका वीच त्यस्तो सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरेर लैजाने योजना सुनाएका थिए ।

यो सेवा काठमाडौं उपत्यकाको कलँकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगँज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरि एकसाथ ५ शाखामा सञ्चालनमा ल्याइएको छ ।

कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरि एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

साथै, KIOSK सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहक महानुभावहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथप्ष्यकपसेवाको विस्तार गरिएको बैंकको भनाई छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया