आइतबार, चैत १५, २०८२

६६औं राष्ट्रिय सहकारी दिवशका अवसरमा विशेष समारोह आयोजना

मेरोन्यूज २०७९ चैत १९ गते १३:३२

काठमाडौं । नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजनाका साथ आज राष्ट्रिय सहकारी दिवश मनाइदैँछ ।

Advertisement
nepal life insurencenepal life insurence

वि।सं। २०१३ साल चैत्र २० गते चितवनमा वखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै आज महासंघको सभा हल ललितपुरमा विशेष कार्यक्रमका साथ सहकारी दिवस मनाउन लागेको हो । “सहकारीको दिगोपनः स्वनियमन र सुशासन” भन्ने नाराका साथ देशभर उत्साहजनक रुपमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

आयोजित कार्यक्रममा महासंघले विषयविद्द्वारा कार्यपत्र प्रस्तुती तथा सहकारी पुरस्कारको घोषणा गर्ने गरी विशेष समारोहको आयोजना गरेको छ ।

प्रतिक्रिया