शुक्रबार, चैत १३, २०८२

ग्लोबल आइएमई बैंकले ल्यायो हृयाप्पी आवर्स योजना, यस्ता छन् सुविधा

मेरोन्यूज २०७९ चैत १९ गते १८:०४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना ल्याएकाे छ । यो योजना अन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् ।

२०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

प्रतिक्रिया