उपनिर्वाचन
बारा २ मा जितको खोजी गर्दै हरुवाहरू !
उपेन्द्र यादव, शिवचन्द्र कुसुवाह, रमेश खरेल र पुरुषोत्तम पौडेलबीच चौपक्षीय प्रतिस्पर्धा

बारा । आजभन्दा १३४ दिनअगाडि जनता समाजवादी पार्टी (जसपा)बाट बारा क्षेत्र नम्बर २ मा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि वैशाख १० मा त्यहाँ रिक्त रहेको प्रतिनिधिसभा सदस्यको लागि नयाँ निर्वाचन हुँदै छ ।
यो उपचुनाव बारामा यस अर्थमा पनि रोचक छ कि, यहाँ ४ मंसिरको चुनावमा पराजित भएका हरुवाहरूको चुनावी प्रतिस्पर्धा हुँदैछ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र प्रसाद कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल चुनावी मैदानमा छन् । यी तीन जना उम्मेदवार ४ मंसिरको चुनावमा पराजित भएका थिए ।
कुसुवाह त्यही क्षेत्रमा उपराष्ट्रपति रामसहायसँग मात्र ३५४ मतले पराजित भएका थिए । अन्य उम्मेदवारमा उपेन्द्र यादव सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग भारी मतले पराजित भएका थिए भने रमेश खरेल काठमाडौँ १ बाट पराजित भए ।
एमाले उम्मेदवार पुरुषोत्तम पौडेल भने गत चुनावमा चुनाव नलडेका पात्र हुन् । उनी बाराका चिरपरिचित नेता नै हुन् । पूर्व खेलकुद मन्त्रीसमेत हुन् उनी । यस अर्थमा योपटक बारा २ को उपचुनाव रोचक मोडमा छ ।
यो चुनाव यस अर्थमा पनि रोचक छ कि, ४ मंसिरको चुनावमा रामसहायप्रसाद एमालेको साथमा जसपाबाट चुनाव लडेर जितेका थिए । कुसुवाह माओवादीमा थिए , त्यसबेला । उनलाई पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लगायतका दलको साथ थियो । तर, कुसवाहले अहिले दल बदलेका छन् । ३५४ मतले पराजित उनी अहिले जनमत पार्टीबाट चुनाव लड्न उम्मेदवार बनेका छन् ।
त्यस्तै काठमाडौं १ मा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट चुनाव लडेका रमेश खरेल पनि क्षेत्र र पार्टी बदलेर चुनाव लड्न लागेका छन् । उपेन्द्र यादव सप्तरीमा पराजित भएपछि बारा २ मा चुनाव लड्न पुगेका हुन् । संसद छिर्ने उनको महत्वाकांक्षाकै कारण रामसहायलाई उपराष्ट्रपतिमा पठाएर उपेन्द्रले आफ्नो लागि स्थान खाली गराएको आरोप उनीमाथि छ ।
जे होस् तीन हरुवाहरू र एक त्यसै क्षेत्रमा परिचित अनुहारकै बीचमा बारा २ मा उपचुनाव हुन लागेको छ । यस अर्थमा पनि यस क्षेत्रको चुनाव रोचक हुने देखिएको छ ।
गत चुनावमा कुन दलको कस्तो परिणाम थियो हेर्नुहोस् ,निर्वाचन आयोगको तथ्यांक


अब के होला अंक गणित ?
गत ४ मंसिरदेखि १० वैशाखसम्मको अवधि मूल्याकंन गर्दा १५५ दिन हुन आउँछ । १५५ दिनमा त्यहाँको अंक गणितमा के कस्तो फेरबदल आउँला ? अहिले चासो छ । ४ मंसिरमा त्यहाँ स्वतन्त्र उम्मेदवार बनेकाहरूले ल्याएको मत अहिलेको चुनावमा निर्णायक हुने अवस्था देखिएको छ ।
गत चुनावमा जसपाकै रामकिशोर प्रसाद यादव बागी उठेका थिए । उनले ११ हजार ४३ मत पाएका थिए । तर, उनी अहिले जसपामा नै पुगेका छन् । यो क्षेत्रमा समानुपातिक मत हेर्दा जसपाको १३ हजार २४२, कांग्रेसको ११ हजार १७९, एमालेको नाै हजार १९३, जनमतको आठ हजार ८४६, लोसपाको चार हजार २३५, नागरिक उन्मुक्तिको तीन हजार ७९४ र माओवादीको तीन २६५ मत थियो ।
माओवादीमा रहेका कुसुवाह अहिले जनमतबाट उम्मेदवार छन् । सत्ता गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीसम्मको साथ पाएका उपेन्द्रको मत जोड्ने हो भने उनलाई सहज देखिन्छ । तर, गत चुनावमा सप्तरीमा गठबन्धनका उम्मेदवार सहज मत हुँदा पनि पाउन सकेनन् । जनमत, रास्वपा, एमालेसम्मले यसपटक उनीसँग प्रतिस्पर्धा गर्न लागेकाले उनलाई कठिन हुने देखिन्छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया