उपनिर्वाचनमा सत्ता गठबन्धन रहन सकेन एकढिक्का
रास्वपा, नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चाले उठाए छुट्टै उम्मेदवार

काठमाडौँ । उपनिर्वाचनमा १० दलीय सत्ता गठबन्धन एकढिक्का रहन सकेन । १० बैशाखका लागि तोकिएको तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा गठबन्धनमा रहेका दलहरूले छुट्टाटुट्टै उम्मेदवारी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा माओवादीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीबीच गठबन्धन निर्माण भएको थियो ।
त्यही गठबन्धनका आधारमा उपनिर्वाचनमा पनि साँझा उम्मेदवार बनाउने भनिएको थियो ।
तर, निर्वाचनमा साँझा उम्मेदवार बनाउन गठबन्धनमा आबद्ध दलहरू सहमत भएका छैनन् ।
गठबन्धनले तनहुँ–१ र चितवन–२ मा नेपाली कांग्रेस तथा बारा–२ मा जसपा उम्मेदवाराई सघाउने भने पनि त्यसविरुद्ध दलहरू एकत्रित होइन, छिन्नभिन्न भएका छन् ।
गठबन्धन अर्थात कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टी र लोसपाका उम्मेदवारका रूपमा तनहुँ–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, चितवन–२ मा नेपाली कांग्रेसकै पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ तथा बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।
गठबन्धनमा रहेको रास्वपाले तीन वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । रास्वपाले तनहुँ–१ मा स्वर्णिम वाग्ले, चितवन–२ मा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि तीन क्षेत्रमै पार्टीका उम्मेदवार उठाएको छ । उन्मुक्तिले बारामा कमरुल्लाह अन्सारी, चितवनमा राजेश अधिकारी र तनहुँमा भीमबहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।
जनमत पार्टीले बारामा शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय जनमोर्चाले चितवनमा जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।
बारामा ३६, चितवनमा २४ र तनहुँमा ९ जनाले सोमबार मनोनयन दर्ता गरेका छन् ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया