जनकपुरधाममा अवैध कल सेन्टरबाट २३ पक्राउ

काठमाडौँ । जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
जिरो माइल भन्ने स्थानमा रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि २३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ गर्नेमा ९ महिला र १४ जना पुरुष छन् ।
कल सेन्टरमा काम गर्नेलाई पक्राउ गरिए पनि मुख्य सञ्चालक पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको एसपी खड्काले मेरोन्यूजलाई जानकारी दिए ।
सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गर्ने काम भइरहेको पाइएपछि पक्राउ गरिएको हो ।
साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको उपरीक्षक खड्काले बताए।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया