करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो ।
“करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको छ ।
अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताए । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न आग्रह गरे । उनले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पूँजीगत खर्चमा टाइम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गर्नुपर्ने बताए । चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न आग्रह गरेको छ ।
भेटमा अर्थमन्त्री डा महतले सरकारले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको उनको भनाइ थियो । “अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले नेपाल राष्ट्र बैंकका गर्भनरलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु”, उनले भने ।
लक्ष्यअनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिइरहेको उनको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रले लय समाउने मन्त्री डा महतले विश्वास व्यक्त गरे ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया