बिहीबार, चैत १२, २०८२

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०७९ चैत २२ गते १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैँकका अनुसार वुधबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया