शुक्रबार, चैत १३, २०८२

अन्तिम चौमासिकमा ठुलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो : सांसद सापकोटा

मेरोन्यूज २०७९ चैत २३ गते १४:३६

काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखिएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence


आज संसदमा सम्बोधन गर्दै उनले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक प्रस्तुत गर्दै औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने परम्परा अन्त्य गरिनु पर्नेमा जोड दिएका हुन् ।


औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । विकासमा छुट्टाईएको रकम समयमैं खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमानै सम्पन्न हुन्छ भन्नेमा शंका गर्न सकिन्छ सम्बोधनका क्रममा उनले भने ।

यस्तो छ सम्बोधनको पूर्ण पाठ

सम्माननीय सभामुख महोदय,
चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकि छँदा करिब २५।८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ।
गत आर्थिक वर्षको असार महिनामा कुल पुँजीगत खर्चको करिव २० प्रतिशत विकास बजेट खर्च भएको थियो।
औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको छ । विकासमा छुट्टाईएको रकम समयमैं खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमानै सम्पन्न हुन्छ भन्नेमा शंका गर्न सकिन्छ।
आर्थिक वर्षका सुरुका महिनामा नै तोकिएको रकम खर्च गर्ने वातावरण र अन्तिम चौमासिकमा ठुलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नु पर्ने देखियो।
सभामुख महोदय, आगामी आर्थिक वर्षको लागी वजेट तर्जुमाको चरणमा रहेकोले यस तर्फ समयमैं ध्यान जाओस भनी म सम्माननीय ज्यु मार्फत वार्षिक वजेट क्यालेण्डर वनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत विकास वजेट खर्च गर्न र सोही अनुरुप सम्वन्धित निकायहरुको कार्यसम्पादन मुल्यांकन गरी वजेट व्यवस्थापनको कमजोरी हटाउन विशेष ध्यानाकर्षण गराउंदछु ।

प्रतिक्रिया