अर्बौंको कम्पनी एनसेल सरकारको स्वामित्वमा नल्याउन चलखेल हुँदै : रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारको आलोचना गरेका हुन् ।
उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरू सार्वजनिक गरेको तर त्यसमा कुनै पनि कुरा महत्वपूर्ण नपाएको बताए । उनले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेको दाबी गरे ।
‘सरकार गठन भएको सय दन पुगेछ, गोरखापत्रको दुई पेजमा सरकारले गरेका कामहरू भनेर ३७ बुँदाहरू राखिएछ, एउटा बुँदा छुटेछ, त्यो के भने पुष्पकमल दाहाल प्रधानमन्त्री भएयता नेपालका अस्पतालमा कति बालबालिकाहरु जन्मे, त्यसको उल्लेख छैन, कति पानी परेका छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएनछ,’ उनले भने, ‘त्यो भएको भए बालबच्चाहरुको संख्या आउँथ्यो ।’
सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न मागेका छन् । उनले एनसेललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको दाबि गरे । उनले अर्बौं अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानून फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको बताए ।
‘अहिलेको दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा गरिँदै छ, मस्यौदाअनुसार जुन बेला एनसेएलले स्वीकृति लिएको थियो, एनसेएलले स्वीकृति लिएको २५ वर्ष पुगेपछि जस्ताको सरकारको स्वामित्वमा आउनुपर्ने हो,’ उनले भने, ‘२०८६ मा २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउँथ्यो, तर सरकारको स्वामत्विमा आउन नदिनका लागि मस्यौदा विधेयक गरेर त्यसलाई चलखेल गरिँदै छ, देशभक्त सचिवले त्यसको विरोध गर्दा प्रधानमन्त्री कार्यालयमा बोलाइयो र अर्को राखियो ।’
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया