सेनामा पारिश्रमिक खुवाउन भएन बजेट
दाखिला गर्ने टुंगो नभइ झिकियो कोषको रकम

काठमाडौँ । राज्यको प्रमुख सुरक्षा अंग नेपाली सेनामा पारिश्रमिक खुवाउन बजेट नभएर समस्या भएको छ । सैनिक अधिकृत र जवानलाई पारिश्रमिक उपलब्ध गराउने बजेट नभएपछि फागुन महिनाको पारिश्रमिक चैत २० गतेपछि मात्रै उपलब्ध गराइएको छ ।
बजेट उपलब्ध गराउँदा बजेट नभएपछि सैनिक कल्याणकारी कोष र शान्ति सेनासम्बन्धी कोषबाट झिकिएको जंगी अड्डा स्रोतले जानकारी दियो ।
‘कहिलेकाही त हामीले कल्याणकारी कोषको रकम उपयोग गथ्यौँ र फेरि राख्थ्यौँ,’ स्रोतले भन्यो, ‘अहिले साच्चिकै समस्या परेर कोषको रकम झिकिएको छ । पहिलो राख्ने टुंगो हुन्थ्यो । यो पटक कहिले कोषबाट झिकिएको रकम कोषमै दाखिला गर्ने हो टुंगो छैन ।’
सेनामा यति अफ्टेरो अवस्था आएको यो पहिलो घटना भएको सैनिक अधिकारीहरू बताउँछन् । बजेट नभएपछि अन्य प्रशासनिक र टेनिङका काम गर्नसमेत समस्या भइरहेको सेनाले बताएको छ ।
तर, यस विषयमा औपचारिक जानकारी लिँन खोज्दा सम्वन्धित अधिकारी सम्पर्कमा आउन चाहेनन् । ती अधिकारीले अनौपचारिक रूपमा भने, ‘मुलुक नै समस्यामा पर्ने अवस्थामा त्यस समस्याबाट सेना अछुतो रहन सक्दैन । केही समस्या अवश्य पनि देखिएको हो । तर, तपाईंले भनेजस्तो भयाभह भने होइन ।’
राज्यमा रहेको ढुकुटी रित्तिएको खबर सार्वजनिक भइरहेका बेला सेनामा पारिश्रमिक उपलब्ध गराउनै गाह्रो भएको हो ।
बिहीबार मात्रै भेटेनेरी तर्फका कर्मचारीले चार महिनादेखि पारिश्रमिक पाउन नसकेको खबर सार्वजनिक भएको थियो ।
















पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया