शुक्रबार, चैत १३, २०८२

रियलमीले सि सिरिजको लेटेस्ट मोडल नेपाली बजारमा उपलब्ध हुँदै

मेरोन्यूज २०७९ चैत २४ गते १९:०१

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि ५५ चाँडै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङसहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसमा भएको सबैभन्दा मुख्य फिचर क्यामरा हो । जुन ६४ एमपिको छ । योभन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको ममलामा यसको प्रतिस्पर्धी छैन भने हुन्छ । त्यस्तै जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।

अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २७३,३६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ ।

यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मूल्यमा उपलब्ध अरु फोनहरुमध्ये सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोग कर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको र्‍याम र १६ जिबिको डाइनामिक र्‍याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

प्रतिक्रिया