चीनले ताइवान सीमामा खटायो विमान र युद्धपोत

काठमाडौं। ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।
चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो ।
चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।’ यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा “योजनाबमोजिम” आफ्ना लडाकु विमानहरू प्रयोग गर्नेछ । यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएको छ ।
ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टी गरेको छ ।
ताईवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए । ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लो सदनका अध्यक्षले भेटको यो पहिलो पटक हो। जुन भेटघाटलाइ लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सिमामा सैन्य अभ्यास गरेको हो ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया