शुक्रबार, चैत १३, २०८२

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्समा विशेष छुट

मेरोन्यूज २०७९ चैत २५ गते १२:३६

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंस्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा मिठाईहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरेका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया