राष्ट्रपति मुर्मु सैनिक विमानमा

राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०( एमकेआई लडाकु विमानमा उडान गरेकी छन् । सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मु अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छन् ।
शुक्रबार राष्ट्रपति मुर्मु गुवाहाटीमा गुवाहाटी उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी थिइन्। सो अवसरमा उहाँले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।
सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले भारतको न्यायिक परिदृश्यमा गौहाटी उच्च अदालतको एक अद्वितीय स्थान रहेको बताइन्। सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरेकी छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले प्रकृति र मानवताबीचको पवित्र सम्बन्ध रहेको बताएकी छन् ।
राष्ट्रपति मुर्मु राज्यको तीन दिने भ्रमणका लागि बिहीबार बिहान असमको गोलाघाट जिल्ला आइपुगेकी हुन् ।
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा र राज्यका गभर्नर गुलाब चन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए ।
















चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया