आइतबार, मंसिर ७, २०८२

चलचित्र ‘प्रेमगञ्ज’ बैशाख १ बाट ओटीटीमा

मेरोन्यूज २०७९ चैत २६ गते ११:४१

काठमाडौं । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज हुने भएको छ । फिल्म सिनेमाघर एपमार्फत वैशाख १ गतेबाट रिलिज हुन लागेको हो । हलमा हेर्न छुटेका दर्शकका लागि लक्षित गर्दै फिल्म ओटिटिमा रिलिज हुन लागेको हो ।

प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।

चलचियत्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाँल हुन् । फिल्ममा सञ्ज लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया