राष्ट्र बैंकले २२ अर्ब ४६ करोडको ट्रेजरी बिल जारी गर्ने
मेरोन्यूज
२०७९ चैत २६ गते १७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि चैत २७ गते २२ अर्ब ४६ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब, ९१ दिनका लागि ८ अर्ब, १८२ दिनका लागि ६ अर्ब ४६ करोड र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख २६ गते, असार २६ गते, असोज २३ गते र चैत २७ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
सम्बन्धित
















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया