शुक्रबार, चैत १३, २०८२

भुगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरोन्यूज २०७९ चैत २७ गते १०:४८

काठमाडौं । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले जारी पूँजीको २० प्रतिशत १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरी ७१ हजार ९१६ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको शेयर सहित सर्वसाधारणको लागि १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कपनीको आइपीओमा ९ लाख बढीले आवेदन दिएका छन् । आइपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया