बिहीबार, वैशाख २४, २०८३

भारतमा बढ्यो कोरोना, एकैदिन १२ जनाको मृत्यु

मेरोन्यूज २०७९ चैत २७ गते ११:५७
फाइल फाेटाे

नयाँ दिल्ली। भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement
NiccNicc

भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

महाराष्ट्रमा ७८८,बिहारमा ४२,हिमाचलमा १३७ र राजस्थानमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियामा समाचार प्रकाशित छ।

भारतमा ३८ प्रतिशत केस नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिनको पाइएको छ।

प्रतिक्रिया