आइतबार, वैशाख २७, २०८३

ट्विटरले बीबीसीलाई सरकारी अनुदानबाट चलेकाे मिडिया भनेपछि…

मेरोन्यूज २०७९ चैत २७ गते १३:२४

काठमाडौं । बेलायती ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले ट्विटर अकाउन्टमा आफुलाई सरकारी अनुदानबाट चलेकाे मिडिया भनेकाेमा आपत्ति जनाएको छ । ट्विटरले बिबिसीको भेरिफाइड अकाउन्टमा सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेकोमा बीबीसीले आपत्ति जनाएकाे हाे ।

Advertisement
NiccNicc

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले सामाजिक सञ्जाल ‘जायन्ट’ ट्विटरलाई जतिसक्दो चाँडो यो समस्या समाधान गर्न सम्पर्क गरेको जनाएको छ ।

बीबीसीले आफ्नो वक्तव्यमा भनेको छ, ‘बीबीसी सधैं स्वतन्त्र रहेको छ । हामीलाई बेलायती जनताले तिरेको इजाजतपत्र शुल्कबाट आर्थिक सहयोग मिल्छ ।’

ट्विटरले सरकारी अधिकारी र संघ–संस्थाको परिचय खुल्ने गरी लेबल लगाउने गरेको छ । यसले चिनियाँ सरकारी सञ्चारमाध्यम, रुसी सरकारी सञ्चारमाध्यमलाई पनि यस्तै किसिमको लेबल लगाएको छ ।

प्रतिक्रिया