शुक्रबार, चैत १३, २०८२

लुम्बिनी विकास बैंकको एटिएम सेवा विस्तार

मेरोन्यूज २०७९ चैत २७ गते १४:५९

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले एटिएम सेवा विस्तार गरेको छ । बैंकले हाल ८९ वटा शाखा, एक वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

साथै, बैकले सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका ०५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टर बाट एटिएम सेवा सुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्‍याउन पहल गरेको छ । उक्त उद्घाटन कार्यक्रमको सभापतित्व विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले गरेका थिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका ०५ का वडाध्यक्ष मिलन सिलवालले गरेका थिए । उक्त समारोहमा अतिथिको रुपमा गोदावरी नगरपालिकाका ५ का वडा सचिव बाल कृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकाश सहकारी संस्थाका अध्यक्ष बच्चु राम सिजापतिले गरेका थिए ।

प्रतिक्रिया