‘अझै केही दिन संक्रमण बढ्ने’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए । ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,’ उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर संक्रमण बच्नु पर्दछ ।’
मन्त्रालयले कोरोना भाइरसको संक्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमण केही दिनयतादेखि उकालो लागेको छ । आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज २९ जना कोरोना संक्रमणबाट उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय संक्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ । शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सिमानाका कारणले संक्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो ।
















अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
42 days to go for HoR elections: Complaints against nominations being investigated
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया