रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने
मेरोन्यूज
२०७९ चैत २७ गते २१:४१

काठमाडौँ । रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन । प्रमुख जिल्ला अधिकारीको पहलमा उक्त कार्य हुने भएको हो ।
जिपिएस जडानका लागि थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आवश्यक परेको बेला एम्बुलेन्स नपाउने तर एम्बुलेन्स जिल्लामै रहने समस्या आएपछि उक्त कार्यका लागि प्रक्रिया थालेका छन् ।
जीपीएस जडानका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौँडामा अनुरोध गर्ने निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ । यो जडानपछि एक्बुलेन्सलाई व्यवस्थित ढङ्गबाट एकद्वार प्रणालीमार्फत सञ्चालनमा सहजता हुने विश्वास लिइएको छ ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया