शुक्रबार, चैत १३, २०८२

नेपालमा बैंकको अवस्था सुरक्षित छ, सानोतिनो धक्कामा जोखिम आउँदैन : गभर्नर अधिकारी

मेरोन्यूज २०७९ चैत २८ गते १५:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको दाबी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन् ।

उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताउँदै सबै खालले वित्तीय संस्थाहरूको तथ्यांकहरू बलिया रहेको बताए ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावका कारण समस्या आउने अवस्था नभएको बताए । ‘बैंक तथा वित्तीय संस्थाहरू तरलताको अभावको कारणले बच्नका लागि सहयोग पुगेको अवस्था छ, समग्रमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्थाहरू र वित्तीय क्षेत्र सुरक्षित छ,’ उनले भने, ‘सानो तिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं, राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ, अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको सिथिलतासमेत हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ ।’

उनले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताउँदै विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले बढेको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताए ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख बताए । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताएका थिए ।

उनले विदेशी विनियम सञ्चिती सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताए । उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्थाभन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढे पनि धेरै माथि नपुगेको बताए ।

प्रतिक्रिया