शुक्रबार, चैत १३, २०८२

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

मेरोन्यूज २०७९ चैत २८ गते २०:०४

काठमाडौँ । नेपाल टेलिकमले आगामी चैत २९ देखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजारमा उपलब्ध गराइने छ । साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ । यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ ।

सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उही स्पिडको सेवा प्रयोग गर्नु परेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ ।

स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया