बिहारको तरकारी बजारमा आगलागी हुँदा सयभन्दा बढी पसल नष्ट
काठमाडौँ । बिहारको बोधगयाको तरकारी बजारमा मंगलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।
अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कैछिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।
आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन्, ‘आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुग्यो, लाखौंको नोक्सानी गरायो ।’
निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया