शुक्रबार, चैत १३, २०८२

होहल्लाका कारण रोकिएको महासंघको मतदान पुनः सुरु

मेरोन्यूज २०७९ चैत २९ गते १२:०८

काठमाडौं । काठमाडौं । नयाँ नेतृत्व चयनका लागि सुरु भएको केही बेरमै रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतदानपुनः सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार उद्घाटन भएको ५७औं वार्षिक साधारण सभाको दोस्रो दिन आज नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको थियो । तर, प्रज्ञा भवनको मुख्यद्वारमा भीडभाड र होहल्ला भएपछि चुनाव रोकिएको थियो । होहल्ला गर्नेहरुलाई हटाएपछि र मतदानस्थलको सुरक्षा बढाएपछि १ घण्टा रोकिएको मतदान फेरि सुरु भएको हाे ।

एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुन लागेको हो । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया