भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो ।
प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो ।
उनले भने, “संक्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ संक्रमितको संख्या बढ्न थाले हो ।”
नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमण दर पनि बढ्न थालेको जोशीले बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ ।
यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ । परीक्षणपछि संक्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।
सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया