मंगलबार, पुष ८, २०८२

चितवन र कञ्चनपुरमा कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०८० वैशाख ३ गते ९:५४

काठमाडौँ । चितवन र कञ्चनपुरमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष र कञ्चनपुरमा भिमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको जानकारी दिइन् ।

उता सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा आइतबार बिहान अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार गत चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमित वृद्धाको मृत्यु भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया