चितवन र कञ्चनपुरमा कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । चितवन र कञ्चनपुरमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवनमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष र कञ्चनपुरमा भिमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
चितवन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको जानकारी दिइन् ।
उता सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा आइतबार बिहान अस्पताल प्रशासनले जानकारी दिएको छ।
अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार गत चैत २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान साढे ८ बजे कोरोना संक्रमित वृद्धाको मृत्यु भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए।
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया