शनिबार, चैत १४, २०८२

एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

मेरोन्यूज २०८० वैशाख ३ गते १०:५८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले निष्काशन तथा विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको ऋणपत्र विक्री गरेको थियो । सोही ऋणपत्र बाँडफाँड गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँड गरेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरेको थियो ।

सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँड गरिएको जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया