कोरोना बढ्यो : समयमै शतर्कता अपनाउन सुझाव

काठमाडौँ । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउने संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ ।
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन् ।
यसबीचमा केही नागरिकहरूको कोरोना भाइरसका कारण निधन भएको छ । तर, कोरोनाको संक्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घ रोगीमात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।
उनले कोरोना भाइरस बढ्नुका कारण हालको ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू रहेको बताए । उनले नेपालमा अहिले नौ वटा सबभेरियन्टहरू फेला परेको जानकारी दिए ।
डा. पुनले नयाँ भेरियण्टमध्ये पनि एक्सबीबी. १.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियण्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।
‘पछिल्लो समय कोरोना संक्रमित बढिरहेको देखिन्छ, केही हप्ताको तुलनामा र औषतमा झण्डै सयको हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ, केही व्यक्तिको मृत्यु भएको पनि छ, कोरोना भाइरस बढिरहनुका कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू भन्ने गरिएको छ,’ उनले भने, ‘जुन नेपालमा नौ वटा सबभेरियण्टहरू अहिले रहेको छ, आदि भन्दा बढी नयाँ नै देखिन्छ, एक्सबीबी.वान. १६ मुख्य मानिएको छ, नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ, भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो ।’
उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया