कोरोना बढ्यो : समयमै शतर्कता अपनाउन सुझाव

काठमाडौँ । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउने संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ ।
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन् ।
यसबीचमा केही नागरिकहरूको कोरोना भाइरसका कारण निधन भएको छ । तर, कोरोनाको संक्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घ रोगीमात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।
उनले कोरोना भाइरस बढ्नुका कारण हालको ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू रहेको बताए । उनले नेपालमा अहिले नौ वटा सबभेरियन्टहरू फेला परेको जानकारी दिए ।
डा. पुनले नयाँ भेरियण्टमध्ये पनि एक्सबीबी. १.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियण्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।
‘पछिल्लो समय कोरोना संक्रमित बढिरहेको देखिन्छ, केही हप्ताको तुलनामा र औषतमा झण्डै सयको हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ, केही व्यक्तिको मृत्यु भएको पनि छ, कोरोना भाइरस बढिरहनुका कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू भन्ने गरिएको छ,’ उनले भने, ‘जुन नेपालमा नौ वटा सबभेरियण्टहरू अहिले रहेको छ, आदि भन्दा बढी नयाँ नै देखिन्छ, एक्सबीबी.वान. १६ मुख्य मानिएको छ, नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ, भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो ।’
उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया